Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते

रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको ३४०० किलो धान बरामद गरेको छ। इशनाथ नगरपालिका(४ बाट बरामद गरिएको उक्त धानको बजार मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको छ।

प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार, राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भन्सार छलेर ल्याएको ७९० बोरा धान बरामद गरिएको हो। साहलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको छ।

प्रहरीले अवैध व्यापार तथा भन्सार छल्ने क्रियाकलापलाई नियन्त्रण गर्न यस प्रकारको अपरेसनलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *