सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते
नेपालमा आगामी १० दिनभित्र मनसुन प्रवेश गर्ने भएको छ। जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मनसुन नेपालका कोशी प्रदेशबाट प्रवेश गर्नेछ र सुदूरपश्चिममा पुग्न १५ देखि २० दिन लाग्नेछ।
डा. उप्रेतीले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै सरकारलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राहत र उद्धारका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नको संकलन र भण्डारण गर्न आवश्यक रहेको बताए।
जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विज्ञहरुले राज्यले आपत्कालीन पूर्वतयारीमा समयमै ध्यान दिनुपर्नेमा जोड दिएका छन्। अबको एक हप्तामा आवश्यक तयारी नगरे विपद्बाट बच्न कठिनाइ हुन सक्ने विज्ञहरुको चेतावनी छ।