सामाजिक फीड,
काठमाडाैँ, १८ जेठ । ‘मधेश दिवस’ को मिति तय गर्न मधेशी आयोगले सुझाव मागेको छ । आयोगले सूचना जारी गरी ‘मधेश दिवस’ कुन दिन वा मितिमा मनाउँदा उपयुक्त हुने भन्दै सराेकारबाला व्यक्ति, निकाय संस्था, तथा नागरिक समाजसँग सुझाव मागेको हो ।
सुझाव आयोगमा पठाइदिन पनि अनुरोध गरिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेश दिवस मनाउने निर्णय आफैँमा ऐतिहासिक हुने र सो दिवसले मधेशी समुदायको पहिचानलाई अझ दृढ रूपले स्थापना गराउने भएकाले मिति र सोही मितिमा मनाउनुपर्ने कारणसमेत पठाइदिन अनुरोध गर्नुभएको छ ।
मधेशको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक महत्त्वलाई उजागर गर्दै मधेशको विषय जन मस्तिष्कमा स्थापित गराउन कुनै एक विशिष्ट दिन वा मितिलाई मधेश दिवसको रूपमा मनाउने आयोगले निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि सूचना जारी गरिएको हो ।
