Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते

भन्सार दरमा वृद्धि भएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो।

बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि मूल्यमा यो वृद्धि भएको हो। महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको छ।

तेजाबी सुनको मूल्य पनि वृद्धि भई प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *