Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १८ गते

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार धनगढीमा ४४।१ डिग्री सेल्सियस र नेपालगन्जमा ४४।२ डिग्री सेल्सियस तापक्रम मापन गरेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार यो तापक्रम यसपालिको सबैभन्दा बढी हो।

पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढिरहेको छ। महाशाखाले शुक्रबारको अधिकतम तापक्रम पनि बिहीबारकै हाराहारीमा पुग्ने पूर्वानुमान गरेको छ। धनगढी र नेपालगन्जमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।

पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। पश्चिम तराईका भूभागहरूमा तातो हावाको चेतावनी पनि महाशाखाले यसअघि नै दिइसकेको छ। यहाँ न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस वरपर रहेकाले अत्यधिक गर्मीको सामना गर्नुपर्ने अवस्था रहेको छ।

पूर्वी र मध्य तराईका जिल्लाहरूमा भने पश्चिम तराईको तुलनामा तापक्रम केही घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *