काठमाडौँ, १७ जेठ । घुस लिएको आरोपमा कपिलवस्तु मालपोतका नायव सुब्बा नरहरी खनालविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको पाइएको अख्तियारले जनाएको छ ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंँमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।