Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १७ जेठ । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

स्रोतका अनुसार परराष्ट्रले बुधबार दुतावासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *