Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।

मधेस प्रदेशमा मेला सञ्चालनका लागि तयारी भइरहेको जानकारी उपसचिव दिपेन्द्र पौडेलले दिएका छन्। उनले मेला सञ्चालनको तयारीबारे जानकारी दिँदै पत्रकारहरूलाई हार्दिक स्वागत गरेका छन्। पौडेलले उद्देश्य र आगामी योजनाहरूबारे छोटो प्रस्तुति दिएका हुन।

यस मेलाको मुख्य उद्देश्य रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँच अभिवृद्धि गर्नु हो। मेला यही जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुदेछ। हरेक प्रदेशमा दुई दिनका लागि मेला आयोजना गरेका हुन।

मेला तालिकास्

कोशी प्रदेशस् विराटनगर (जेठ १७-१८)
मधेस प्रदेशस् वीरगञ्ज (जेठ १९-२०)
गण्डकी प्रदेशस् पोखरा (जेठ २१-२२)
लुम्बिनी प्रदेशस् बुटवल (जेठ २३-२४)
कर्णाली प्रदेशस् सुर्खेत (जेठ २५-२६)
सुदूरपश्चिम प्रदेशस् धनगढी (जेठ २७-२८)
बाग्मती प्रदेशस् ललितपुर (जेठ २९-३०)

श्रममन्त्री डोलप्रसाद अर्यालले मेलाले रोजगारको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सजिलै पुग्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पुर्याउने योजना रहेको पनि बताए।

मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिहरू, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिने व्यवस्था गरिएको छ। श्रमिकका समस्या समाधानका लागि श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न तालिम प्रदायक संस्थाहरूको सहभागिता पनि रहनेछ।

साथै, मेलामा श्रमिकका आवश्यकताहरू र रोजगारदाताका अपेक्षाहरूमा छलफल गरिनेछ। सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघले पनि मेला स्टल राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *