Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते

महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न गएका तीन बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्। बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेरका तीन बालिका गएको मंगलबार जनकपुर गएका थिए र त्यसपछि नफर्किएको अभिभावकले बताएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरू बेपत्ता भएको पुष्टि गरेका छन्। बेपत्ता बालिकाहरूमा एक १० वर्षकी र बाँकी दुई १३ वर्षकी रहेका छन्।

उनीहरू बर्दिबासमै रहेको देउराली मावि र ग्लोबल एकेडेमीमा अध्ययनरत रहेका हुन्। बर्दिबास नगरपालिका १ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिएका छन्।

प्रहरी र स्थानीय निकायले बालिकाहरूको खोजी कार्य जारी राखेका छन्। अभिभावकहरू छोरीहरूको खोजीका लागि चिन्तित र सहयोगको अपेक्षा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *