Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार जीप राति दुर्घटना भए पनि बिहान मात्र उद्धार कार्य गरिएको थियो। जीपमा १० यात्रु रहेको प्रहरीको भनाइ छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *