Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १६ गते

राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खुला गरिनेछन्।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएकोले सबैले बिहानको समयमा चारवटै ढोकाबाट प्रवेश गरी दर्शन गर्न पाउने व्यवस्था गरिएको हो। अधिकारीले भने, “यसअघि भट्टहरु प्रवेश गरेपछि मात्रै बिहान ८:३० बजेपछि बाँकी तीनवटा ढोका खोलिँदै आएको थियो, तर अब भक्तजनले चारवटै ढोकाबाट बिहान ४ बजेदेखि दर्शन गर्न पाउनेछन्।”

पहिले महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका अवसरमा मात्र पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजेदेखि खुला गरिने चलन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *