Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १३ जेठ । लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी एक विदेशी महिला पौने चार करोड रुपैयाँ बराबरको कोकिनसहित पक्राउ परेकी छिन् ।

प्रहरीले उनीबाट एक किलो १०१ ग्राम कोकिन बरामद् गरेको हो । कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले ठमेलबाट शुक्रबार पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन्।

दुबईबाट काठमाडौं आएकी उनलाई ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए। शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए। बरामद कोकिनको अबैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ। यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *