Skip to main content

सामाजिक फीड,

बारा ११ जेठ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन नेपाल प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव नेपाली कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनमा प्रवेश गरेका छन् ।

बाराको सदरमुकाम कलैयामा शुक्रवार आयोजित कार्यक्रममा उनले जसपा नेपालको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रेस मञ्च परित्यागको घोषणा गरेका थिए।

उनलाई नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवले गम्छा र अबिर लगाई स्वागत गर्दै भित्र्याएका थिए। उक्त अवसरमा प्रेस युनियन बाराका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *