जनकपुरधाम, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले थप तीन दिनको म्याद दिएको छ ।
बुधबार दुबै पक्षको बहस सुनेपछि अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।
सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरुद्ध धनुषा प्रहरीले मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।