Samajik Feed – News Portal from Nepal

२० कार्तिक, जनकपुरधाम। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति प्रतिबद्धता जनाउँदै ३५ पृष्ठको चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ ।

दलले तत्कालीन राज्य पुनर्संरचना आयोगको बहुमतीय प्रतिवेदनले सिफारिस गरे बमोजिम पहिचान र क्षमताका आधारमा १० वटा प्रादेशिक र एक गैर प्रादेशिक प्रदेश स्थापना गर्न संविधान संशोधनको माग गर्ने बताएको छ । उनले अहिलेसम्म एकात्मक रहेको न्यायपालिकालाई संघीय बनाउन पार्टीले संविधान संशोधन गर्ने बताए । पार्टी अध्यक्ष यादवले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारिणी अर्थात प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

जसपाले वर्ण, जात, क्षेत्र र लिङ्गका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने बताएको छ । पहिचान र क्षमताका आधारमा प्रदेश बनाउने वाचा गरेका प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्नो प्रतिबद्धताबाट पछि हटेकाले संविधान संशोधन र पुनर्लेखन गर्नुपर्ने उनको भनाइ छ । बहुमतको बलमा संविधान पार्टीले अहिलेको सात प्रदेशको नमुना सङ्घीयता प्रशासनिक सङ्घीयताबाहेक केही नभएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *