Samajik Feed – News Portal from Nepal


सामाजिक फीड,

काठमाडौँ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरुद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफूलाई पक्राउ गरेको बताउँदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *