Samajik Feed – News Portal from Nepal

१८ कार्तिक, जनकपुरधाम। आज (शुक्रबार)देखि नेपाली हलमा दुई फिल्म प्रदर्शनमा आएका छन्। नेपालको ‘लाखे’ र हिन्दी फिल्म ‘फोन भूत’ रिलिज भएका हुन्।

नेपाली फिल्म ‘लाखे’ सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत प्रमुख भूमिकामा रहेका छन्। फ्लिममा विश्वास,आत्मविश्वास र बदलाको कथा छ। “लाखे” फिल्म एउटा एक्सन थ्रीलर ड्रामा ह। जसमा समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेश गरिएको छ। त्यस्तै फिल्मको लम्बाई २ घण्टा ५२ मिनेट रहेको छ।

हिन्दि फिल्म “फोन भूत” मा कट्रिना क्याफ, इशान खट्टर, सिद्धान्त चतुर्वेदी र ज्याकी श्रफ प्रमुख भूमिकामा रहेका छन्। यो फ्लिम कमेडीमा आधरित रहेको छ। यो फिल्मको लम्बाइ २ घण्टा १८ मिनेट रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *