सामाजिक फीड
जनकपुरधाम , जेठ ६ गते ।
प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।
आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
‘गृहमन्त्रीलाई बोल्न दिने र उहाँको कुरा सुन्ने विपक्षी दलहरूको निर्णय भएको छ,’ शाहीले भने, छउहाँको कुरा चित्त बुझ्यो भने सदन अघि बढाउने समझदारी छ।’
यसअघि शनिबार साँझ सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय समिति बनाउने सहमति भएको थियो। सोही समितिको टीओआर बनाउन ४ सदस्यीय टोली समेत गठन भएको थियो।
सो कार्यदलले आइतबार बिहानैबाट छलफल गरिरहेको छ।
सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो ।
कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।