सामाजिक फीड,
पाल्पा, जेठ ३ । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा भएको जीप दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गएराति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा चालकसहित १५ जना सवार थिए ।