सामाजिक फीड
जनकपुरधाम , बैशाख ३१ गते ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएलगत्तै सोमबार बिहान साढे १० बजे महन्थलाई भेट्न उपेन्द्र उनकै निवास पुगेका थिए। त्यहाँ उपेन्द्रले सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् ।
विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले फिर्ता लिएपछि लोसपाको साथ र सहकार्यका लागि उहाँहरूबीच भेट भएको हो । तर एउटै भेटमा कुनै निष्कर्षमा पुग्न नसक्ने आम बुझाई छ ।
आइतबार मधेस प्रदेशमा माओवादी केन्द्र र नेकपा एमाालेले समर्थन फिर्ता लिएको थियो। त्यसपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा छ ।
उपेन्द्र यादवले सहकार्यका लागि प्रस्ताव गर्नुभएको हो, र महन्थ ठाकुरले पनि विचार गर्नेछु भन्नुभएको छ।
मधेश प्रदेश सरकार टिकाइराख्न जसपाले नेपाली कांग्रेस, जनमत र लोसपासँग समेत कुराकानी गरिरहेको बुझिएको छ । यद्दपी जनमतले भने मानेको छैन भने कांग्रेस सकरात्मक देखिएको छ ।