Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसअघि आजै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामापछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *