Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख ३१ गते ।

जसपाका पार्टीका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।

यादवले राजीनामामा भनेका छन्– ‘करिब दुई महिनादेखि म उपप्रधान मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु ।’

यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन् ।

जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै उपेन्द्र यादवले केन्द्रमा सरकार छोडेका हुन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए ।

जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *