सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्।
मुख्यमन्त्री कँडेलले प्रदेशको सम्पूर्ण विकास र समृद्धिका लागि साझा दृष्टिको निर्माण गर्न जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन्।
मुख्यमन्त्री कँडेलका सचिवालयका अनुसार, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता, र प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आह्वान गरिएको छ।
सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आगामी नीति, कार्यक्रम, र बजेटको बारेमा साझा सहमति खोज्ने कोशिश गरेका छन्।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी, र राप्रपाको प्रतिनिधित्व रहेको छ।