Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम , बैशाख २८ गते ।

मधेश प्रदेश सरकारले स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्रले बताएको छ ।

मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आर्थिक वर्ष २०८०र८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरि बताएका छन् । सरकारले आन्तरिक मिलेमतोमा अनुदान वितरणमा विभेद गरेको उनको आरोप छ ।

हामीलाई प्राप्त सूचनाअनुसार आन्तरिक मिलेमतोमा कुनै स्थानीय तहलाई धेरै र कुनै स्थानीय तहलाई न्यूनतम भन्दा पनि कम दिने प्रचलन विगतमा पनि विवादित भएको सर्वविधितै छ, तसर्थ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयले सरकारको सत्ता साझेदार दलहरू तथा प्रतिपक्षी दलहरूसँगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउनुहुन ध्यानाकर्षण सहित जानकारी गराउँदछौँ’ विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *