Skip to main content

कार्तिक १४ नेप्से परिसूचक ७.३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा २०७९ कार्तिक 14 दिन २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार कर्णाली डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता सबैको लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *