Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो ।

नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताए । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेको बताइएको छ। जसमा प्रदीप यादवलगायत नेताहरू सहभागी रहेको बताइएको छ।

अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिका भ्रमणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *