समाजिक फीड
जनकपुरधाम बैशाख २१ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्।
मधेश आन्दोलनको क्रममा असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका उनलाई निलम्बन गरिएको मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जनाएको छ ।

शर्मा लोसपाका संसदीय दलका नेता थिए । उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ जना प्रदेशसभा सदस्य कायम भएका छन्। महोत्तरी जिल्ला अदालतले गत मंसिर २८ गते सांसद शर्मासहित ७ जनालाई जन्म कैदको सजाय सुनाएको थियो।
असई विकको हत्यामा प्रत्यक्ष संग्लन रहेको भन्दै अदालतले शर्मासहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने राम शंकर शाही र सुरेश पाण्डेलाई जन्म कैदको सजाय सुनाएको थियो ।