Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० वैशाख । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

उनीहरूले भारतीय कम्पनी एयरटेल, टाटालगायतका कम्पनीलाई ब्याण्डविथ वापतको करिब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करिब ८० लाखभन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएका थिए ।

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टीलगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।

उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *