Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १६ बैशाख । फेसबुकमार्फत् सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनि ठगी गर्नेगरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै गरेको पाइएको छ। उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *