Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख १४ गते ।

आजबाट मधेश प्रदेश सहित देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा परिक्षा सञ्चालन गरेको हो ।

आजको परिक्षामा विद्यार्थी उत्साहपुर्वक सहभागी भएको र शान्तिपुर्ण तरिकाबाट पहिलो दिनको परिक्षा सम्पन्न भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको थियो । जापानको परीक्षा केन्द्रमा पनि इमेलबाट प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भएको छ ।

यो वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

कुल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *