Samajik Feed – News Portal from Nepal

वैशाख १३ वीरगंज –

पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका औंषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा औंषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन।

नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार आफै राख्यो गाउँ गाउँ सिंह पठाएर भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट औंषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह बिच कमिशनको भागभन्डा नमिलेको कारण औंषधी खरिद नभएको बुझिएको छ।

स्वास्थ्य संस्थाहरुमा अहिले सम्म बितेको आर्थिक वर्षमा खरिद गरिएको औषधिहरु स्वास्थ्य संस्थाहरुमा रहेकोले यो आर्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो आर्थिक वर्षमा औंषधी खरिद नभएको देखिएको छ। यो आर्थिक वर्षको अन्तिम चरण सम्म औंषधी खरिद नभएको कारण कागजमा नै औंषधीको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको देखिएको छ।

स्वास्थ्य संस्थाहरुमा ५ महिना देखि औंषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा आउने बिरामीहरुले बिना औंषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका औंषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग सेन्टर बाहेक औंषधी अरु कुनै औंषधी नरहेको र अतिनै गर्मीको समयमा ग्यासको समेत औंषधी नरहेको लंगडी स्वास्थ्य संस्था का प्रमुख मन्नु पटेलले जनाए । स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि औंषधी सिधेके हो मईले लिखित कति चोटि औंषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले गर्मी याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत औंषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए ।

स्वास्थ्य संस्थाहरुमा औंषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट औंषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनि अहिले सम्म औंषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही औंषधीहरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म औंषधी खरिद नभएको कारण समस्या भएको छ। औंषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *