Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

पोखरा, १२ वैशाख । कास्कीको पोखरा महानगरपालिका–६ फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *