Samajik Feed – News Portal from Nepal

समाजिक फीड,
जनकपुरधाम , वैशाख १२ गते ।

वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो ।

दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम(  रोस्टन चेस ९कप्तान०, एलिक एथानाजे ९उपकप्तान०, फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिमस् मुख्य प्रशिक्षक( फ्लोयड रेफर, सहायक कोच( रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट( नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच( शेन कूपर, प्रबन्धक र विश्लेषकस् अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *