Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० वैशाख । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।

कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्बजनिक बिदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *