Skip to main content

१५ गते कार्तिक, जनकपुरधाम। नेपाल एउटा भूपरिवेष्ठित देश हो। यहाँ धेरै जस्तो ठाउँहरु अझै पनि बिकट अवस्थामा अलपत्र अवस्थामा रहेको छ। त्यहि मध्ये नेपालको जुम्ला जिल्ला, जहाँ अहिले पनि मानिसहरु जीवनयापन गर्न निकै संघर्ष गर्नु पर्छ।

नेपालमा यहि मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुन गईरहेको छ। आउँदो निर्वाचनलाई मध्येनजर गर्दै निर्वाचन आयोगले जुम्ला जिल्लामा ७८७ कर्मचारी खटाएको छ। जुम्लाको अधिकांश ठाउँहरु बिकट रहेको छ र मानिसहरुलाई सदरमुकाम सम्म आउन १-२ समेत लाग्छ। त्यही भएर जुम्ला जिल्लामा सबै भन्दा बढी मतदान स्थल बनाइएको छ। साच्चिकै निर्वाचन आयोगले यो एउटा सहार्निया योग्य कार्य गरेको छ।

जिल्लाभर एक सय छ मतदान केन्द्र र ८३ मतदानस्थल कायम गरिएको छ । प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लाका आठवटै स्थानीय तह गरी ६८ हजार छ सय ३८ मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *