Skip to main content

सामाजिक फीड
जनकपुरधाम, बैशाख ९ गते ।

छिमेकी मुलुक भारतमा एक महिलाले गहुँको खेतमा मा आगो सल्काउँदा सल्केको आगोले पर्साका पाँच घर जलेर नष्ट भएको छ।

बिहारको चमपारण थाना मैनाटाड नजिकै रहेको वसन्तपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर हावाले सीमावर्ती क्षेत्र पर्साको छिपहरमाई गाउँपालिका(१ भलुवहिया स्थित बस्तीसम्म ल्याइपुर्‍याउँदा यहाँको बस्तीमा नै क्षति पुगेको हो।

प्रहरीका अनुसार आगोले स्थानीयको पाँच घरका साथै कुखुरा फार्म र अन्दाजी १० बिघा बराबरको गहुँ जेलर नष्ट भएको छ।

स्थानीय बलुवहिया निवासी किसून देव पासवान ,मुकेश पासवान, रूपा पासवान, सन्तोष पासवान, लखन पासवानको घर जेलर नष्ट भएको हो। यस्तै मनमोद प्रसाद यादवको कुखुरा फार्ममा आगो सल्किएको हो।

आगोले उनीहरुको घरायसी सबै सामाग्री जलेर खरानी भएको छ। सो आगो पोखरिया नगरपालिकाको दमकल, वीरगन्जबाट पुगेको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *