Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो ।

सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । यो जितपछि यूएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो, दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।

अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *