Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ४ गते ।

मुख्यन्त्री सरोजकुार यादवले प्रतिपक्षी बिहीन सदनबाट विश्वासका मत पाएका छन् । उनले सदनमा रहेको सत्ता पक्षका मात्र सांसदका्े ६१ मत पाएका हुुन् ।। विपक्षमा जिरो मत परेको छ । सदनमा जनमतको माग पुरा नगरेपछि प्रतिपक्षी जनमत, काँग्रेस र लोसपाका सांसद सदन बहिष्कार गरेर निस्केका छन् । त्यसपछि सभामुखले मत विभाजन गराएका थिए ।

दिउँसो १ बजे विश्वासको मतको लागि बोलाइएको प्रदेशसभा जनमतको अवरोधले दुईपटक स्थगित गरिएको थियो । तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिंग गरेका थिए । उनीसहित जनमतका सांसद निस्केपछि काँग्रेस र लोसपाका सांसाद समेत निस्के । त्यसपछि सभामुखले मत विभाज गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *