Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ४ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारा छाडेको छ । लोसपा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
निर्णयसंगै लोसपाबाट वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् । उनको राजिनामा स्वीकृत भइसकेको छ ।
उनले छाडेको मन्त्रालय मुख्यमन्त्री यादवले आफैसित राखेका छन् ।

मधेशमा लोसपाका ९ प्रदेश सांसद छन् । जसमध्ये संसदीय दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाटा दोषी ठहर भए यता उनी फरार छन् । आज मुख्यमन्त्री यादवले सदनामा लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने लोसपाका सांसद जितेन्द्र सोनलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *