Samajik Feed – News Portal from Nepal

१४ गते कार्तिक, जनकपुरधाम। मंगसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा धनुषा छेत्र नम्बर ३ बाट जुली महतो प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छिन। उनले अचारसंहिता २०७९ को दफा १३ को उलंघन गरेको आरोप लागेको छ। निर्वाचन आयोगद्वारा उनलाई स्पष्टिकरण मांगीएको छ। जुली महतोले फ्लेक्स छपाएर गाडीको पछाडी झुन्ड्याई प्रचार प्रसार गरेको आरोप लागेको छ।

अचारसंहिता लागु भए पछि प्रचार प्रसारमा केहि नियम र निष्ठाको विचार गरि मात्रै प्रचार गर्न सकिने व्यवस्था निर्वाचन आयोगले प्रदान गरेको छ। घर दैलो कार्यक्रममा जुली ले अचारसंहिता को बिपरित कार्य गरेकोमा उनलाई अब निर्वाचन आयोगलाई स्पष्टिकरण दिनु पर्नेछ। निर्वाचन आयोगले आचारसंहिता २०७९ को दफा १३ को उलंघनको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *