Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम , चैत्र ३० गते ।

मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *