Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, चैत २९ गते ।

सर्लाहीमा ५३ राउण्ड गोली बरामद भएको छ । सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखाकाली माटो मुनि गाडेर राखेको अवस्थामा के.एफ.७.६५ लेखिएको ५३ राण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय चन्द्रभुषण यादवको घरमा ईश्वरपुर नगरपालिका ५ बस्ने २८ वर्षीय बिजय महतोले संचालन गरेको भोलेबाबा अटो पार्टस एण्ड बिजय रिपेरिङ सेन्टर ग्यारेजको अगाडी रहेको कवाडीको सामानहरु राखिएको स्थानमा माटो मुनि ६।७ ईन्च तल गाडिएको अवस्थामा फेला परेको हो ।

बरामद भएको गोलीहरुको विषयमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *