सामाजिक फीड,
भारत । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।
आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ । मुम्बईमा हुने यो खेल अपरान्ह ३: ४५ बजे सुरु हुनेछ । त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समयअनुसार राति ७: ४५ बजे हुँदैछ ।
जारी आईपीएलमा मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ भने दिल्ली क्यापिटल्सले चार खेलमा एक जित र तीन हार ब्यहोरेको छ ।
मुम्बईले अहिलेसम्म गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्ससँग हार ब्यहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध जित हासिल गरेको छ भने पञ्जाव किंग्स, राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्ससँग हार ब्यहोरेको छ ।
त्यसैगरी लखनउ सुपर जाइन्टले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार ब्यहोरेको छ । लखनउले पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ भने राजस्थान रोयल्ससँग हार ब्यहोरेको छ ।
त्यसैगरी गुजरात टाइटन्सले ४ खेलमा २ जित र २ हार ब्यहोरेको छ । जसमा मुम्बई र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ भने चेन्नई सुपर किंग्स र पञ्जावसँग हार ब्यहोरेको छ ।