Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, चैत २३ गते ।


राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले देशका विभिन्न सहरमा पछिल्लो समय सक्रियता बढाउँदै प्रदर्शन गरिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलगिएर अभियान हाँकिरहेका महतोले अहिले मधेशवादको मुद्दा मात्रै नभई नेवा मण्डल, लिम्बुवान, तम्वुवान, थारुवान लगायतका विभिन्न पहिचानका मुद्दाहरु उठाएका छन् ।
मुक्ति, संघर्ष र क्रान्तिका कुरा गरिरहेका नेता महतोलेको अभियानले सक्रिय रुपमा काठमाडौं लगायत विभिन्न सहरमा क्रमिक रुपमा जारी राख्दा यस बारे धेरैजसोलाई चासो बढेको छ । यस अभियानमा लागेका र सदैव मधेशवादका लागि लडेका मधेशवादी नेता रमण पाण्डेसंग सामाजिक फीडकर्मी फाइजा फहमिदाले गरेको सानो कुराकानीको संपादित अंश !

यो अभियानको उदेश्य के हो ?

हाम्रो उदेश्य बहुल राष्ट्रिय राज्य हो । तर यसका बाबजुद जसले राज्य विस्तार गरे । त्यसमा धेरै धोकेवाजी भयो, नेवार लगायतका धेरै राज्यसँग ज्यादती भयो । पृथ्वी नरायण शाहले गरेको त्यस कदमलाई मानिसहरुले एकीकरण भनेपनि हामी विस्तार भन्छौँ । त्यतीबेला शाहले नेपाललाई चार जात ३६ वर्णको साँझा फुलबारी रहेको भन्यो तर हामी के भन्छौँ भने नेपाल फुलबारी बनिसकेको छैन । राज्य सधैँ एकल जातीय नश्लीय शासनबाट संचालित हुँदै गयो । सत्ता बदलिरहयो, व्यवस्था बदलियो तर चरित्र बदलिएन । राजा हुँदा शाह वंशको शासन, राणा हुँदा भारदारको शासन, लोकतन्त्रमा नश्लीय शासन रहयो । त्यसैले यसलाई तोड्नु अभियानको उदेश्य हो ।

यो अभियान चलाउने निष्कर्षमा कसरी पुग्नु भो ?

महतो सहितका नेताहरुले चार वर्ष मन्थन गर्यौं । पटक पटक अधिकार र पहिचानका लागि आन्दोलन गर्दा समेत माग पुरा नहुनुका कारणबारे व्यापक छलफल भयो । मधेश अधिकार र रक्षाका लागि आन्दोलन भयो तर किन सफल भएन ? नेवा, थारु, राई, लिम्बु, तामांग सबैले आन्दोलन गरे तर पहिचान र अधिकार पाएनन् । वर्षौदेखि हामी विभेदपूर्ण अवस्थाबाट गुजियौँ । बहुल राष्ट्रिय राज्य किन भइरहेको छैन भनेर हामीले मन्थन गर्दा यहाँ अयातीत साशन व्यवस्था चलेको पायौँ । त्यसैले हामी पुर्वीय दर्शनमा आधारित शासन व्यवस्था स्वदेशवादबाट बहुल राष्ट्रिय राज्य बनाउन अभियान थाल्यौँ ।

बहुल राष्ट्रिय राज्य भनेको कस्तो राज्य ?

२७० वर्षदेखि लगातार सत्ता बदलियो तर साशन एकै व्यक्तिको हातमा रहयो । अब हामी नश्लीय सत्तालाई चुनौती दिँदै सबैको नेपाल बनाउन जादैछौँ । जस्तो काठमाडौँं नेवारको धर्ती हो त्यहाँ नेवारको शासन हुनुपर्यो । मधेशमा मधेशीको, थारुवानमा थारुको ।

पहिचानवादी आन्दोलनले राज्यको विखण्डन हुन्छ भन्दै कतिपयले यस अभियानको आलोचना समेत गरिरहेका छन् त !

नेपाल सबै जातजाती र समुदायका भएकाले आलोचना गर्नुको कुनै तुक छैन ।
पहिलो पटक नेपालमा यस्तो क्रान्ति भइरहेको छ जसले एकताको कुरा गरिरहेको छ । हामी युनाइट एण्ड रुलको फर्मुला अपनाएर अभियान चलाइरहेका छौँ ।

तपाईंहरु त सधैं मधेशवादको लागि लड्नु भो ?


जति संख्या त्यती नै सत्तामा सहभागीता हुनुपर्यो । यसका लागि नेवारले मधेशीको लागि बोलेको छ । तामाङ मधेशका लागि बोलेको छ । मधेशले नेवारका लागि, तमांगका लागि, लिम्बुका लागि बोलेका छन् । अब मधेशीको मात्रै कुरा गरेर अधिकार पाउन सम्भव छैन । पहिचानवादी एकजुट भएर राज्यसँग लडाइ लड्नै पर्छ ।

3 Responses

  1. धन्यवाद .. 🙏
    जय स्वदेस्वाद .. 🙏
    जय मधेशी राष्ट्रीयता .. 🙏
    जय एकता भाषा हिंदी .. 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *