१० कार्तिक, जनकपुरधाम। यमपञ्चक पनि भनिने तिहारको पाँचौँ दिन आज दिदीबहिनीले दाजुभाइको दिर्घायु, स्वास्थ्य, ऐश्वर्य, इज्जत, श्रद्धा र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाएर दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाउँछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउँछन् । दिदीबहिनीको पूजा गर्नाले सौभाग्य र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
आज दिनभर भाइटका लाग्ने भए पनि शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यस वर्ष दाजुभाइलाई टीका लगाइदिने दिदीबहिनीले पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइले पश्चिमतर्फ लाग्नुपर्ने समितिले बताएको छ ।धार्मिक तथा सामाजिक परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई सुक्खा फलफूल र सेलरोटीसहितको खानाको प्याकेट दिने गरेको छ । टीका लगाउँदा दाजुभाइले पनि सौभाग्यको प्रतीकका रूपमा दिदीबहिनीलाई उपहार र नगद दिएर सम्मान प्रकट गर्छन् । यसैबीच राजधानी काठमाडौंको रानीपोखरी मध्यमा रहेको बालगोपालेश्वरको मन्दिर दिदीबहिनी नभएका र दिदीबहिनीका लागि खुला गरिएको छ । जो भाइटीकाका लागि दिदीबहिनीसम्म पुग्न सक्दैनन् ।