Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र २२ गते ।

देशका विभिन्न ठाउँबाट तीन जनाको मृत्यु भएको छ ।

मोरङ, काभ्रे र पर्सामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका(६ जागृति टोल बस्ने ४५ वर्षीय निर्मला लिम्बु सोही ठाउँस्थित भोर्जना पैनिमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी काभ्रेको खानिखोला गाउँपालिका(७ त्रिवेणीघाटस्थित त्रिवेणीघाट सामुदायिक जंगलमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका(१४ बहुअरीस्थित खुल्ला चौरमा साल नालसहितको नवजात शिशुको शव बुधबार फेला परेको छ । शिशुको लिङ्ग पहिचान हुन सकेको छैन ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *