Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ चैत्र । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टीयू मैदानमा साढे ९ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले सुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो ।

अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुने छ ।

एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *