हेटौँडा, २० चैत्र । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट थप ४ मन्त्रीले शपथ लिएका छन् ।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
चार जनामध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बनेका हुन् । अन्य तीन जना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा मन्त्री भइसकेका थिए ।