Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

नवलपरासी, २० चैत । नवलपरासी पूर्वको गैंडाकोटमा स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

ना. ४ ख १०४१ नम्बरको बसले बा. ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका- ४ स्थायी घर भई हाल भरतपुर-२१ बस्दै आएकी ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।

मंगलबार गैंडाकोट नगरपालिका-५ मा भएको दुर्घटनामा स्कुटर चालक गैंडाकोट ५ बस्ने २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *