Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २० चैत्र । शहरी विकास मन्त्रालय धनबहादुर बुढा र काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

शहरी विकास मन्त्री बुढा र काठमाडाैँका मेयर साहबीच मंगलबार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो ।

तत्कालका लागि स्थानियहरूको सरोकारलाई सम्बोधन हुने गरी बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा साहसँग मन्त्रीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । मेयर साहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडाबाट शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *